Krishna Ghimire April 1, 2019

विश्वमा भएका सबै फोनहरु त्यो सस्तो होस् वा महँगो होस् सबै फोनमा IMEI Number हुन्छ जसको मदद्ले मोबाइललाई चिन्न सकिन्छ सबै मोबाइल मा IMEI Number फरक हुन्छ त्यसैले जस्तो खालको मोबाइल वा कुनैपनि कम्पनीको मोबाइल होस् IMEI Number बिना त्यो मोबाइलले काम गर्न सक्दैन त्यसैले गर्दा IMEI Number को बारेमा हामी सबैलाई जानकारी हुन जरुरि छ किनकि हामी सबैले दैनिक कुनै न कुनै मोबाइल प्रयोग गरेका हुन्छौ आज हामीले यो आर्टिकलमा IMEI Number के हुन्छ र हामीले कसरि आफ्नो मोबाइलको IMEI Number लाई थाहा पाउन सकिन्छ त्योपनि हामीले जान्ने छौ |Untitled-1 gtcopy

 

वास्तबमा IMEI Number के हो ?

इंगलिसमा IMEI को पुरा रुप International Mobile Equipment Identity हो जसलाई नेपालीमा अन्तरास्ट्रिय मोबाइल उपकरण पहिचान भनिन्छ यो एक प्रकारको मोबाइल पहिचान गर्ने नम्बर हो जो 15 डिजिटको नम्बर हुन्छ र यो सबै मोबाइलमा हुन्छ यो एउटा युनिक नम्बर हो जसको मदद्ले मोबाइलमा भएको कुनैपनि उपकरणको पहिचान गर्न सकिन्छ |

मोबाइलमा IMEI Number चेक गर्ने तरिका 

हामीले आफ्नो मोबाइलमा धेरै तरिकाले IMEI चेक गर्ने सकिन्छ तर यसलाई चेक गर्नको लागि सबै भन्दा सजिलो तरिका प्रयोग गर्ने हो भने हजुरले आफ्नो मोबाइलको डायलपेड मा गएर *#06* डायल गरेपछि हाम्रो मोबाइलको स्क्रीनमा 15 डिजिटको नम्बर देखिने छ र यो देखिएको नम्बर हाम्रो मोबाइलको IMEI Number हो र यो नम्बर युनिक हुन्छ |

IMEI Number का फाइदाहरु 

  • फोन चोरी भएमा IMEI नम्बर बाट पत्ता लगाउन सकिन्छ कि फोन कता छ
  • IMEI बाट फोनलाई ट्रेक गर्न सकिन्छ
  • IMEI बाट फोनको लोकेशन पनि पत्ता लगाउन सकिन्छ
  • IMEI लाई प्रयोग गरेर फोन प्रयोगकर्ताले कुन SIM प्रयोग गरेको छ र त्येसको फोन नम्बर कति हो त्यसको जानकारी पाउन सकिन्छ

Leave a comment.

Your email address will not be published. Required fields are marked*